काठमाडौं । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको प्यूठानमा मतगणना जारी रहेको छ । त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुवाती अग्रता कायम गरेको छ ।
रास्वपाका उम्मेदवार सुशान्त वैदिकले यो समाचार तयार पार्दासम्म ५०५ मत प्राप्त गरेका छन् । यता उनलाई नेपाली कांग्रेसले पछ्याइरहेको छ । कांग्रेसका उम्मेदवार डा. गोविन्दराज पोखरेलले ४६६ मत प्राप्त गरेका छन् ।
यसअघि एमालेले जितेको उक्त क्षेत्रमा अहिलेसम्मको अवस्था हेर्दा धेरै कमजोर देखिएको छ । उक्त क्षेत्रमा एमालेका उम्मेदवार सूर्यबहादुर थापा क्षेत्रीले जम्मा ६८ मत मात्रै प्राप्त गरेका छन् ।
साथै उनलाई राष्ट्रिय जनमोर्चाका तिलक बहादुर जिसीले १३४, नेपाली कम्युुनिष्ट पार्टी (नेकपा) का कृष्णध्वज खड्काले १०८ मतसहित उछिनेका छन् । यता राप्रपा लगायत अन्य दलका उम्मेदवार खाता समेत खोल्न सकेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया