काठमाडौं १ मा रञ्जु दर्शना १५,४५५ मतसहित विजयी

लोकपथ
112
Shares

काठमाडौं । काठमाडौं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु दर्शना (रञ्जु न्यौपाने) विजयी भएकी छिन् । रञ्जुले १५ हजार ४५५ मत प्राप्त गरी विजयी भएकी हुन् ।

रञ्जुको निकटतम प्रतिद्वन्द्वीका रुपमा नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ६२६४ मत प्राप्त गरेका छन् । थापाले पाएको मत रञ्जुको भन्दा ९ हजार ९१ मतले कम हो ।

काठमाडौं १ मा राप्रपाका रविन्द्र मिश्र ३९७२ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् । संसदीय निर्वाचनमा रविन्द्रको यो तेस्रो हार हो ।

यस क्षेत्रमा नेकपा एमाले चौथो भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?