नुवाकोट–२ मा मतगणना जारी, १ का ११ बजेबाट मात्रै सुरु हुँदै

लोकपथ
168
Shares

काठमाडौं । दुई वटा क्षेत्र रहेको नुवाकोटको क्षेत्र नं २ को मतगणना जारी रहेको छ ।

मतपेटिका संकलनको काम बिहीबार राति नै सकिए पनि शुक्रबारबाट मात्र मतगणना सुरु भएको हो ।

निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार क्षेत्र नं १ मा मतगणना ११ बजेपछि मात्रै हुनेछ भने क्षेत्र नं २ को मतगणना जारी रहेको छ ।

क्षेत्र नं १ मा सर्वदलीय बैठक बसेर मतगणना गर्ने तयारी गरिएको हो ।

यद्यपि देशका धेरै स्थानहरुको मतगणना भइरहेको छ । केही स्थानको मतगणना अन्तिम चरणमा पुगेको छ ।

यसअघि अन्यथा पर्न गएकाले सच्याएका छौँ । -सम्पादक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?