मकवानपुरमा सर्वदलीय बैठकमा विवाद, मतगणना सुरु हुन सकेन

लोकपथ
35
Shares

मकवानपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुरमा मतगणना अझै सुरु हुन सकेको छैन ।

मतगणनाको प्रक्रिया सुरु गर्न बसेको सर्वदलीय बैठकमा विवाद भएपछि गणना कार्य रोकिएको हो । बैठकमा सहभागी विभिन्न दलका प्रतिनिधिहरूले वडा–वडाको मत छुट्टाछुट्टै गणना गर्नुपर्ने माग गरेका छन् ।

कुन वडाबाट कति मत आएको भन्ने स्पष्ट जानकारी हुनुपर्ने भन्दै उनीहरूले वडा अनुसार मतपत्र गन्नुपर्ने अडान राखेका छन् । सर्वदलीय सहमति बिना मतगणना अगाडि बढाउन नसकिने दलका प्रतिनिधिहरूले बताएका छन् ।

सर्वदलीय सहमति जुटेपछि मात्रै मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मकवानपुरमा प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र रहेका छन् । उक्त क्षेत्रमा कुल ४४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?