रुकुमपूर्वमा प्रचण्डलाई फराकिलो मतको अग्रता, एमालेका गौतम दोस्रो स्थानमा

लोकपथ
147
Shares

रुकुमपूर्व । रुकुमपूर्वमा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणनामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ फराकिलो मतान्तरसहित अग्रस्थानमा रहेका छन् ।

प्रारम्भिक मतपरिणामअनुसार हालसम्म २ हजार ६३५ मत गणना हुँदा प्रचण्डले १ हजार ४१५ मत प्राप्त गरेका छन् ।

उनीलाई पछ्याउँदै नेकपा (एमाले) का उम्मेदवार लीलामणि गौतमले ४३१ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ४१७ मत ल्याएकी छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लखनकुमार थापाले १७६ मत प्राप्त गरेका छन् ।

मतगणना जारी रहेकाले परिणाम थप परिवर्तन हुन सक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?