काठमाडौंका सबै निर्वाचन क्षेत्रमा रास्वपाकाे अग्रता

लोकपथ
154
Shares

काठमाडौं । काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ ।

काठमाडौंको निर्वाचन क्षेत्र नम्बर १ मा रञ्जु दर्शना ९०७८ मतका साथ अगाडि छिन् भने उनलाई ४०८८ मतका साथ कांग्रेसका प्रबल थापा क्षेत्रीले पछ्याएका छन् ।

काठमाडौं २ मा रास्वपाका सुनिल केसी १६४६ मतका साथ अगाडि छन् । उनलाई कांग्रेसकै कबिर शर्माले ८४९ मतले पछ्याएका छन् ।

काठमाडौं ३ मा रास्वपाका राजुनाथ पाण्डे २९६० मतका साथ अगाडि छन् । उनलाई उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले २७०६ मतले पछ्याइरहेका छन् ।

काठमाडौं ४ मा रास्वपाका पुकार बम २५२९ मतका साथ अगाडि छन् । यहाँ कांग्रेसका सचिन तिमल्सेनाले ७४९ मतका साथ पछ्याएका छन् ।

काठमाडौं ५ मा रास्वपाका सस्मित पोखरेल ३७०० मतका साथ अगाडि छन् । उनलाई कांग्रेसका प्रदीप पौडेलले १०७८ मतले पछ्याएका छन् । पौडेल पोखरेलभन्दा निकै पछाडि रहेका छन् ।

काठमाडौं ६ मा रास्वपाका शिशिर खनाल २२३८ मतका साथ अगाडि छन् । उनलाई कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६०० मतले पछ्याएका छन् ।

काठमाडौं ७ मा रास्वपाका गणेश पराजुली २८३३ मतका साथ अगाडि छन् । उनलाई एमालेका प्रकाश श्रेष्ठले ४९४ मतले पछ्याएका छन् ।

काठमाडौं ८ मा रास्वपाका विराजभक्त श्रेष्ठ ७६१७ मतका साथ धेरै अगाडि रहेका छन् । उनका प्रतिद्वन्द्वीमध्ये कांग्रेसकी सपना राजभण्डारीको ८९० मत र नेकपाका सुमन सायमीको ८४७ मत रहेको छ ।

काठमाडौं ९ मा रास्वपाकै डीपी अर्याल १५५० मतका साथ अगाडि छन् । उनलाई कांग्रेसकी नानुमैया बास्तोलाले २५९ मतले पछ्याएकी छिन् ।

काठमाडौं १० मा पनि रास्वपाकै प्रदीप विष्ट अगाडि रहेका छन् । यहाँ उनलाई कांग्रेसका हिमाल कार्कीले २९३२ मतले पछ्याइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?