काठमाडौं ९ मा डीपी अर्याललाई सुरुवाती अग्रता, प्रतिस्पर्धीभन्दा धेरै अगाडि

लोकपथ
238
Shares

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ मा रास्वपाका उम्मेदवार डोलप्रसाद अर्याल (डीपी) अन्य उम्मेदवारभन्दा निकै अगाडि देखिएका छन् । सुरुवाती गणनामा अर्यालले १५५० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी नानुमैया बास्तोलाले २५९ मत ल्याएकी छिन् ।

काठमाडौं ९ मा एमालेका डा. अजयक्रान्ति शाक्यले १५१ मत ल्याउँदा नेपाली कम्युनिष्ट पार्टीका राधाकृष्ण महर्जनले २२ मत पाएका छन् ।

हालसम्म कुल २२३१ मत गणना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?