काठमाडौं । काठमाडौँ क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु दर्शनाले अग्रता दोब्बर पारेकी छिन् । दर्शनाले ३१२९ मत प्राप्त गरेर अग्रता कायमै गर्दा नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले पछ्याइरहेका छन् ।
शुक्रबार बिहान ४ः३० बजेसम्मको मत परिणामा अनुसार दर्शनाले ३१२९ मत प्राप्त गर्दा कांग्रेसका प्रबल थापा क्षेत्रीले १६९५ मत प्राप्त गरेका छन् ।
यता राप्रपाका रविन्द्र मिश्र ८८२ मतमा सीमित छन् भने नेकपा एमालेले २७२ मत मात्रै प्राप्त गरेको छ ।
उक्त क्षेत्रमा नेकपाभन्दा अगाडि उज्यालो नेपाल पार्टी र श्रम संस्कृति पार्टी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया