दुर्गम आठ जिल्लाबाट हेलिकोप्टरमार्फत मतपेटिका ढुवानी

लोकपथ
21
Shares

काठमाडौं । निर्वाचन आयोगले विभिन्न दुर्गम आठ जिल्लाबाट हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गरिएको जनाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार रसुवा, दोलखा, रूकुमपूर्व, बाजुरा, बझाङ, हुम्ला र रसुवालगायत जिल्लाबाट हेलिकप्टरमार्फत मतपेटिका ल्याउने काम गरिएको छ । अन्य केही जिल्लाबाट पनि मतपेटिका ढुवानीको काम जारी रहेको आयोगले जनाएको छ ।

‘दुर्गम क्षेत्रका मतदान केन्द्रबाट मतपेटिका ल्याउन हेलिकप्टर प्रयोग गरिएको हो,’ प्रवक्ता भट्टराईले भने, ‘शुक्रबार दिउँसो १२ बजेसम्म सबै जिल्लाबाट मतपेटिका संकलन पूरा हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?