काठमाडौं । बिहीबार सफलतापूर्वक निर्वाचन सम्पन्न भएको भन्दै नेपालस्थित अमेरिकी दूतावासले नेपाललाई बधाई दिएको छ ।
नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत् नेपालमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएको भन्दै खुसी व्यक्त गरेको हो ।
त्यस्तै आगामी सरकारसँग दवै देशको समृद्धी र सुरक्षासँग सम्बन्धि साझा लक्ष्यहरुमा सहकार्य गर्न उत्सुक रहेको समेत जनाएको छ ।
‘निर्वाचन सम्पन्न भएकोमा नेपाली जनतालाई हार्दिक बधाइ। आगामी सरकारसँग हाम्रा दुवै देशको समृद्धि र सुरक्षासम्बन्धि साझा लक्ष्यहरूमा सहकार्य गर्न हामी उत्सुक छौँ,’ सामाजिक सञ्जालमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया