दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित मालु मतदान केन्द्रबाट मतपत्रको ठेली लुटेर भागेकामाथि मुद्दा चलाइने भएको छ ।
बुथ कब्जा गर्ने उद्देश्यले मतपत्र बोकेर हिँडेको आरोपमा यज्ञबहादुर श्रेष्ठ, अनिल श्रेष्ठ र अर्जुन योगीमाथि मुद्दा चलाउने तयारी गरिएको हो ।
घटनामा संलग्न रहेको आरोपमा उनीहरूसहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । तीमध्ये तीन जनामाथि मुद्दा अघि बढाइने तयारी भएको र नियन्त्रणमा रहेका अन्य चार जनालाई भने सोधपुछपछि छाड्ने तयारी गरिएको प्रहरीले जनाएको छ ।
यता नेपाली कांग्रेस र नेकपाले भने नियन्त्रणमा रहेका सबैलाई बिनाशर्त रिहा गर्न माग गरेका छन् ।
घटनापछि मतदान स्थगित गरिएको छ । स्थगित मतदानका लागि नयाँ मिति तोक्न जिल्ला निर्वाचन कार्यालयमा सिफारिस गर्ने निर्णय मतदान अधिकृतले गरेका छन् ।
बुथ कब्जा गर्न खोजिएको भन्दै नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले विरोध जनाएपछि स्थिति तनावग्रस्त बनेको थियो । त्यस क्रममा भीड नियन्त्रण गर्न प्रहरीले हवाई फायर समेत गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया