दोलखाको मालुमा मतदान रोकियो

लोकपथ
350
Shares

काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ मालु मतदान केन्द्रमा विवाद भएपछि मतदान रोकिएको छ ।

मतदानका क्रममा खटिएका कर्मचारीमाथि हातपातको प्रयास भएपछि प्रहरीले हवाई फायर गरेको थियो । हवाई फायरपछि मतदाताबीच नाराबाजी सुरु भएको थियो ।

स्थिति शान्त पार्न सर्वदलीय बैठक डाकिएको र मतदान सुरु गर्ने विषयमा छलफल भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?