प्रचण्डले चितवनबाट गरे मतदान, भने : ‘नयाँ र पुराना भन्ने जो भाष्य बनाइएको छ, यो देशको हितमा छैन’

लोकपथ
21
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनबाट मतदान गरेका छन् ।

चितवनको क्षेत्र नम्बर ३ अन्तर्गतको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरबाट उनले मतदान गरेका हुन् । यो क्षेत्रमा उनकी छोरी भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाल उम्मेदवार छन् । 

प्रचण्ड रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् ।

मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले नयाँ र पुराना नभएर सही र गलत भन्ने भाष्य बनाउनु पर्नेमा जोड दिए । ‘नयाँ र पुराना भन्ने जो भाष्य बनाइएको छ, यो देशको हितमा छैन’, प्रचण्डले भने, ‘नयाँ र पुराना होइन, सही र गलत भन्ने भाष्य बनाउनु प¥यो ।’

उनले दलहरूको योजना र कार्यक्रमका आधारमा नयाँ पुरानो भनिनु पर्नेमा जोड दिँदै भने, ‘सबैसँग म अपिल गर्छु– यो सवाल नयाँ र पुरानाको हुँदै होइन । सही र गलतको हो, कसको योजना के, कार्यक्रम के भनेर हेर्नुपर्छ । त्यसको आधारमा नयाँ पुरानो भन्ने हुने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?