रौतहट । प्रतिनिधिसभा सदस्य निर्वाचनको अघिल्लो दिन रौतहट क्षेत्र नम्बर-४ मा नयाँ राजनीतिक सहमति भएको छ ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सत्यनारायण भगतले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउँदै आम जनता पार्टीका उम्मेदवार ऋषि धमलालाई समर्थन गर्ने घोषणा गरेका छन् ।
दुवै पार्टीबिच भएको छलफलपछि जारी संयुक्त विज्ञप्तिमा भगतले धमलालाई निस्वार्थ रूपमा सहयोग गरेर जिताउने निर्णय गरिएको उल्लेख छ । यो निर्णय दुवै पार्टीबाट सर्वसम्मत रूपमा गरिएको जनाइएको छ ।
सहमति पत्रमा प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट उम्मेदवार सत्यनारायण भगत र आम जनता पार्टीका तर्फबाट नारायण तिवारीले हस्ताक्षर गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया