रास्वपाका सर्लाही–३ का उम्मेदवार कलवार पनि कर्जा सूचना केन्द्रको कालोसूचीमा

लोकपथ
273
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सर्लाही–३ का उम्मेदवार नरेन्द्र साह कलवार पनि कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको पाइएको छ । 

कर्जा सूचना केन्द्रको विवरणअनुसार उनी पछिल्लोपटक २०८१ साल मंसिर ५ गते केन्द्रले कालोसूचीमा परेका थिए । जुन अहिलेसम्म कायमै छ । 

निर्माण व्यवसायमा सम्बद्ध उनीमाथि ठेक्का लिएका विभिन्न आयोजना अलपत्र पारेको आरोपसमेत लाग्ने गरेको छ । 

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका कलवार त्यसबेला एमालेका हरिप्रसाद उप्रेतीसँग हारेका थिए । उप्रेतीले ३२ हजार ९ सय ३८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कलवारले ३२ हजार १ सय ६८ मत पाएका थिए । अहिले उनी रास्वपाबाट उम्मेदवार छन् । 

कालोसूचीमा परेको भन्दै धनुषा क्षेत्र नम्बर–१ बाट रास्वपाका प्रतिनिधिसभा सदस्यका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको अवस्थामा कलवार पनि सोही सूचीमा रहेको पाइएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?