काठमाडौं । विस्फोटक पदार्थ (बम) सहित फेला परेका पर्सा–२ का नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार मनोज चौधरीविरुद्ध हातहतियार मुद्दा चलाइने भएको छ ।
वीरगञ्जको बरहनियार चोकमा बुधबार राति नियमित चेकजाँचक्रममा उनी सवार बा१०च १२५० नम्बरको रातो कारबाट बमजस्तो देखिने चार पोका शंकास्पद वस्तु फेला परेको थियो ।
प्रहरी, सेना र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले शंकास्पद सामान फेला पर्नासाथ उम्मेदवार चौधरीसहित सत्यनारायण दास, सुरज कार्की र गाडी चालकलाई सेनाले नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतका अनुसार, नेपाली सेनाले दिने रिपोर्टका आधार चारै जनाविरुद्ध फौजदारी कसुरमा अनुसन्धानका लागि हिरासतमा राखिने भएको छ । कार्यालय खुलेपछि जिल्ला अदालतमा म्याद थपका लगी लगिने छ । उनीहरू सबै जनालाई अहिले जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ ।
उता, उनी सवार गाडीमा गए राति फेला परेको बम भने नेपाली सेनाले डिस्पोज गरिसकेको छ ।
उम्मेदवार चौधरी माधवकुमार नेपाल नेतृत्वको तत्कालीन नेकपा एसका केन्द्रीय सदस्य तथा वीरगञ्ज महानगर कमिटीका अध्यक्ष थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया