जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अस्थायी मतदान केन्द्र

लोकपथ
0
Shares

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचन प्रयोजनका लागि बबरमहलस्थि जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा अस्थायी मतदान केन्द्र तोकिएको छ । 

जिल्ला निर्वाचन कार्यालयले आज सूचना जारी गरी अस्थायी मतदान केन्द्र निर्धारण भएको हुँदा मन्त्रालय/आयोग/विभाग/आयोजना/कार्यालयमा कार्यरत सबै कर्मचारीलाई जानकारीका लागि अनुरोध गरेको छ ।

बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचन प्रयोजनका लागि अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२ को दफा १७(१) बमोजिम अस्थायी मतदान केन्द्र तोकिएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?