काठमाडौं । देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् ।
ताप्लेजुङ, मैवाखोला गाउँपालिका–४ ताम्राङ बस्ने ६५ वर्षीय चुर्नहाङ लिम्बु सोही गाउँपालिका–३ साघुँ बजारस्थित नालीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी खोटाङ, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ लमाखु बस्ने ४१ वर्षीया चन्द्रा दर्नाल आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
यता तेह्रथुम, आठराई गाउँपालिका–१ बुकिस्थित आठराईबाट खम्लालुङ जाने कच्चि सडकमा सोही गाउँपालिका–१ बस्ने ५० वर्षीय चन्द्र बहादुर तामाङ मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
ललितपुर, ललितपुर महानगरपालिका–१४ शिवचोक बस्ने पाँचथर घर भएकी ७५ वर्षीया आश माया लावती ललितपुर महानगरपालिका–२७ सुनाकोठी कृष्ण मन्दिर नजिक झाडीमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
प्रहरीका अनुसार बझाङको खप्तडछान्ना गाउँपालिका–२ निम बस्ने ५५ वर्षीय बम्म थापा सोही गाउँपालिका–२ निमस्थित नहरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
छुट्टाछुट्टै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया