काठमाडौं । सर्लाहीमा निर्वाचनका लागि खटिएका मतदान अधिकृतको मृत्यु भएको छ । मृत्यु हुनेमा रघुनाथ महतो रहेका छन् ।
महतो सर्लाहीको पर्सा गाउँपालिका–४ स्थित जिगडवा आधारभूत विद्यालयको मतदान केन्द्रको मतदान अधिकृतका रुपमा खटिएका थिए ।
मंगलबार (आज) बिहान उनी अचानक बेहोस भएपछि उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो ।
उपचारको क्रमको मृत्यु भएपछि अस्पतालले साढे २ बजेको समयमा मृत घोषणा गरेको थियो । उनी रौतहटको माधव नारायण नगरपालिका–६ निवासी स्थायी बासिन्दा हुन् । उनी पेशाले सिनियर अहेब हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया