काठमाडौंका दुई ठाउँमा दुई गाडीमा आगजनी, निर्वाचन बिथोल्न सक्रिय समूहले आगजनी गरेको आकलन

लोकपथ
378
Shares

काठमाडौं । काठमाडौंको दुई ठाउँमा दुई गाडी आगजनी गरिएको छ । 

महाराजगन्जस्थित राजधानी पेट्रोल पम्पनजिकै बा७च १४०१ नम्बरको मारुती भ्यान र नैकापस्थित सिप्रदी ट्रेडिङको कार्यालय नजिकै बीएए २८३६ नम्बरको टोयोटा कार आगजनी गरिएको हो । 

पर्सि बिहीबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन बिथोल्न सक्रिय समूहले आगजनी गरेको आकलन गरिएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले घटनास्थलमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहको पर्चा भेटिएको र यसबारे अनुसन्धान भइरहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?