श्रीमती हत्याको आरोपमा एक जना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । श्रीमती ४६ वर्षीया रीता राईको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । हरिहरपुरगढी गाउँपालिका-३ रानीपानीका ४५ वर्षीय जिते भन्ने वीरबहादुर राईलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

प्रहरीका अनुसार आइतबार अपराह्न अभियुक्तले श्रीमतीमाथि बन्चरो प्रहार गरेका थिए । गम्भीर घाइते भएकी रिता राईको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाको जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले अभियुक्तलाई सोमबार पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?