काठमाडौं । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–५ फोक्सिन्टारस्थित सगरमाथा लोकमार्गको गाईघाट दिक्तेल सडक खण्डमा फागुन १८ गते बोलेरो गाडी दुर्घटना भएको छ ।
दुर्घटनामा परी खोटाङ्ग जिल्लाको खोटेहाङ गाउँपालिका–७ बस्ने अन्दाजी २५ वर्षिय रविन गेलाल र २८ वर्षिय अनिश कटुवाल घाईते भएका छन् ।
गाईघाटबाट खोटाङतर्फ जाँदै गरेको ना १ झ ४०४५ नम्बरको बोलेरो गाडी अचानक ब्रेक फेल भई सडकबाट करीव ५ सय मिटर तल खसेको थियो हो । उक्त गाडीमा चालक र एक जना यात्रुमात्र सवार रहेको बताईएको छ ।
सो दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. ५ त्रियुगा गण उदयपुरको टोली उद्धार कार्यमा खटिएको थियो । दुर्घटनामा घाईते भएका दुवै जनालाई उपचारको लागि जिल्ला अस्पताल गाईघाटतर्फ पठाईएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया