काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपलिका–८ वन कार्यालयस्थित बागेश्वरी भवनको अगाडी फागुन १८ गते कार दुर्घटना भएको छ ।
नगरकोटबाट भक्तपुरतर्फ आउँदै गरेको बा ५ च ७८८१ नम्बरको कार सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको हो ।
सो कारमा सवार ५ जनामध्ये ४ जना घाईतेका भएका छन् ।
सो दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल निर्वाचन क्षेत्र नम्बर १ को स्ट्राइकिङ टोली उद्धार कार्यमा खटिएको छ ।
उद्धार पश्चात घाईतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल भक्तपुरतर्फ पठाईएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया