काठमाडौं । फागुन २१ को निर्वाचनको सामग्री र कर्मचारी बोकेको सवारी दुर्घटना भएको छ ।
सोमबार रामेछापको रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा उक्त सवारी दुर्घटना भएको हो ।
मन्थलीबाट कालिकादेवी मावि र देउराली माविको लागि निर्वाचन सामग्री र कर्मचारी बोकेर जाँदै गरेको सवारी दुर्घटना भएको हो ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले दिएको जानकारी अनुसार उक्त गाडी सडकबाट अन्दाजी २ सय मिटर तल झरेको थियो ।
थप विवरण आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया