नेपालीहरूको हर्षोल्लासको पर्व होली मनाउन सुरु गरिएको छ ।
आज बिहानैबाट काठमाडौं उपत्यकासहित देशभर होली मनाउन सुरु गरिएको हो ।
फागु पूर्णिमाका दिन मनाइने होली यस वर्ष पनि हर्षोल्लासका साथ मनाउने गरिन्छ । काठमाडौं वसन्तपुरमा होली मनाउनका लागि मानिसहरू उपस्थित हुन थालेका छन् ।
वसन्तपुरसहित टुँडिखेल लगायतका स्थानमा होली मनाउन मानिसहरू उपस्थित हुन थालेका छन् । साथै वसन्तपुर दरबार क्षेत्रमा चीर ठड्याएर हप्ता दिनअघि सुरु गरिएको चीर पूजा गर्ने मानिसहरूको यति बेला भीड छ ।
आज फागु पूर्णिमाको अवसरमा देशका पहाडी भू-भागमा होली खेलेर मनाइँदैछ । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ ।
असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ । एक, अर्काबिचमा रङ दलेर होली पर्व मनाउने गरिन्छ । यति बेला काठमाडौंका विभिन्न होली हर्षोल्लासमय समय छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया