काठमाडौं । पूर्वमन्त्री रञ्जिता श्रेष्ठलाई थुनामा पठाउनुपर्ने माग राखी अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालतमा पुगेको छ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ समेत रहेकी रञ्जितालाई अख्तियारले पाँच लाख रुपैयाँ धरौटीमा छाड्ने विशेष अदालतको आदेश बदर हुनुपर्ने माग गरेको हो ।
विशेष अदालतले त्रुटिपूर्ण रूपमा आदेश जारी गरी श्रेष्ठलाई धरौटीमा छाडेको भन्दै अख्तियारले उनलाई थुनामै राखेर मुद्दाको प्रक्रिया अघि बढाउन माग गरेको छ ।
कास्कीको पोखरास्थित चर्चित लिचीबारी भ्रष्टाचार प्रकरणमा जोडिएकी रञ्जितामाथि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर विशेष अदालतले भने उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । विशेषको आदेश चित्त नबुझेपछि अख्तियार सर्वोच्च गएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया