काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ हजार ६ सय रुपैयाँले बढेर ३ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी २ सय ४५ रुपैयाँले बढेको हो । अघिल्लो दिन ५ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज २ सय ४५ रुपैयाँले बढेर ५ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया