काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आए पनि नेपालमा खुद्रा बिक्री मूल्य यथावत् राखिएको छ ।
नेपाल आलय निगम लिमिटेडले नयाँ खरिद मूल्य बढेर आए तापनि आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै साबिककै खुद्रा बिक्री मूल्य कायम गरिएको जनाएको छ ।
निगम सञ्चालक समितिको निर्णयअनुसार हाललाई मूल्य नबढाउने निर्णय गरिएको हो ।
निगमले फागुन १६ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार इण्डियन आयल कर्पोरेसनबाट सोही दिन प्राप्त नयाँ खरिद मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर रु २.१०, डिजेलमा रु २.४७ र एलपी ग्यासमा प्रति सिलिन्डर रु १८.५८ ले वृद्धि भएको छ । साथै, हवाई इन्धनमा प्रतिलिटर रु ५.१८ ले मूल्य बढेर आएको उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया