दमौलीमा रवि लामिछानेलाई कालोझण्डा देखाउने सात जना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । तनहुँको दमौलीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कालोझण्डा देखाउने सात जना पक्राउ छन् ।

शुक्रबार दमौलीमा लामिछानेलाई कालोझण्डा देखाउने उज्यालो नेपाल पार्टी (उनेपा) का सात जना कार्यकर्ता परेका हुन् ।

आज चितवनको कार्यक्रम सकेर दमौलीमा आयोजित अर्को कार्यक्रममा सहभागी हुन पुगेका लामिछानेलाई उज्यालो नेपाल पार्टी (उनेपा) का कार्यकर्ताले विरोधस्वरूप कालोझण्डा प्रदर्शन गरेका थिए ।

घटनापछि कालोझण्डा देखाउने सात जना कार्यकर्तालाई तनहुँ जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार उनीहरूलाई निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा पक्राउ गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?