रविको दाबी– ‘गोली चलाउने र सिंहदरबार जलाउने एकै हुन्, तिनको जात एकै हो’ 

लोकपथ
70
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजी आन्दोलनमा गोली चलाउने र सिंहदरबार जलाउने एकै समूह रहेको आरोप लगाएका छन् । 

शुक्रबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले पहिले गोली चलेको र त्यसपछि मात्रै सिंहदरबार लगायतका भौतिक संरचना जलेको बताए ।  

त्यस्तै उनले देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार भ्रष्टाचारको अखडा भएको समेत टिप्पणी गरेका छन् । जसले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनायो उसैले बालबालिकामाथि गोली चलाएको आरोप लगाए । 

‘सिंहदरबार त्यसैले जलायो जसले भ्रष्टाचारको अखाडा बनायो । सिंहदरबार जलाउने र बालबालिकामाथि गोली हान्ने एकै व्यक्ति हुन् । एउटै जात छ तिनीहरुको,’ उनको दाबी छ । 

त्यस्तै आफूमाथि सहकारी ठगीको प्रमाण छ भनिएको ६५८ दिन भएको र आफूलाई अन्तिम इच्छा सोधिएको धेरै नभएको भन्दै त्यसको उत्तर फागुन २१ गते घण्टीमा भोट हालेर दिनुपर्ने उनको जिकिर रहेको छ । 

‘मेरो अन्तिम इच्छा के हो भनेर मेरो बेडरुमभित्र छिरेर अन्तिम इच्छा सोधेको धेरै भएको छैन । म आज भन्न चाहन्छु, मेरो अन्तिम इच्छा २१ गते घण्टीमा देखाइदिनुहोला,’ लामिछानेले भने । 

निर्वाचनको दौरानमा आफू आफ्नो निर्वाचन क्षेत्रमा धेरै पुग्न नसकेको बताउँदै आफूसहित चितवनका उम्मेदवारहरूलाई मत दिन समेत आग्रह गरे । साथै आफू देशभरका घण्टी बाहक उम्मेदवारहरूलाई  जिताउन जाँदा आफ्नै निर्वाचन क्षेत्रका सबै ठाउँमा पुग्न नसकेको समेत उनको दाबी रहेको छ । 

त्यस्तै सो कार्यक्रममा उनले आफूहरूले पुराना दल र तिनका नेताहरूलाई सडकको प्रतिपक्षमा राख्ने दाबी गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?