करेन्ट लागेर टिपर चालकको मृत्यु

लोकपथ
56
Shares

काठमाडौं । सिरहाको गोलबजार नगरपालिका–२ स्थित गुरुधाम जाने बाटोमा टिपरको हाइड्रोलिक उठाउने क्रममा करेन्ट लागेर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोलबजार नगरपालिका–३ घर भई वडा नं–२ मा बस्दै आएका करिब ४३ वर्षीय सन्तोष साह रहेको प्रहरीले जनाएको छ । 

आज बिहान प्रदेश २–०–००१ क ००४५ नम्बरको टिपरको पछिल्लो भाग सफा गर्ने क्रममा हाइड्रोलिक उठाउँदा विद्युत् प्रसारण लाइनमा छोएपछि करेन्ट लाग्दा टिपरमा आगलागी भएको थियो । 

गम्भीर घाइते भएका सवारीधनी समेत रहेका साहलाई तत्काल उद्धार गरी उपचारका लागि स्थानीय हेल्थ केयर अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए । 

घटनाबारे जानकारी पाए लगत्तै प्रहरी घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको थियो । शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?