देशको विभिन्न स्थानबाट लागु औषधिसहित ९ जना पक्राउ

लोकपथ
49
Shares

काठमाडौं । देशका विभिन्न भागबाट लागु पदार्थसहित ९ जना पक्राउ गरेका छन् ।

प्रहरीका अनुसार इलाम, झापा, सुनसरी, नवलपरासीपूर्व र कैलालीबाट उनीहरु बुधबार पक्राउ परेका हुन् ।

अभियुक्तहरुबाट खैरो हेराइन, गाँजा, चिकित्सकको सिफारिसमा मात्र पाइने औषधिसहित उनीहरु पक्राउ परेका हुन् ।

सम्बन्धित जिल्ला प्रहरी कार्यालयले नियमित रूपमा सञ्चालन गरेको गस्तीका क्रममा शङ्का लागेर जाँच गर्दा उनीहरुबाट प्रतिबन्धित पदार्थ बरामद् भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?