आज सुर्खेत र बाँकेमा कांग्रेसको चुनावी सभा

लोकपथ
77
Shares

काठमाडौं । नेपाली कांग्रेसले आज सुर्खेत र बाँकेमा चुनावी सभा आयोजना गर्दैछ । आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर यो  सभा राखिएको हो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, घण्टाघर डबलीमा  मध्याह्न १२:३० बजे सभा सुरु हुने जनाइएको छ । यस सभालाई कांग्रेसका सभापति गगनकुमार थापा र उपसभापति पुष्पा भुसालले सम्बोधन गर्नेछन् ।

त्यसपछि आजै बाँकेको जानकी गाउँपालिका–३, मानपुरमा पनि चुनावी सभा हुनेछ । बाँकेका उम्मेदवार  तथा प्रदेश सभापति अमरसिंह पुनका सचिव अनुपम जीसीका अनुसार यस सभालाई पनि सभापति थापाले सम्बोधन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?