११ अर्ब ५२ करोडको पेट्रोलियम पदार्थ आयात

लोकपथ
35
Shares

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा पूर्वी नाका काँकडभिट्टाबाट  ११ अर्ब ५२ करोड २६ लाख ४६ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वी नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात भएको हो । 

मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार आव २०८१/८२ को सोही अवधिको तुलनामा  ६० करोड २० लाख १० हजारले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । 

आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजश्व छ दशमलव ७० प्रतिशतले बढेको सूचना अधिकारी हुमागाईँले जानकारी दिए । 

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको सात महिनामा पेट्रोलियम पदार्थ आयातबाट पाँच अर्ब ६३ करोड ४५ लाख ७३ हजार राजस्व संकलन भएको छ । 

उक्त अवधिमा  पाँच अर्ब ५३ करोड ४१ लाख मूल्य पर्ने ६२ हजार ९३२ किलोमिटर पेट्रोल आयात भएको थियो । यसैगरी रु तीन अर्ब ८१ करोड २८ लाख मूल्य पर्ने ४० हजार ३५२ किलोमिटर डिजेल आयात भएको छ ।

त्यस्तै उक्त सात महिनाको अवधिमा  एक अर्ब ४६ करोड ३१ लाख मूल्य पर्ने १४ हजार ९९९ मेट्रिकटन एलपी ग्यास, ४३ करोड ५८ लाख मूल्य पर्ने चार हजार ७३६ किलोमिटर एटिएफ र  ११ करोड ३० लाख मूल्य पर्ने एक हजार २१२ किलोमिटर मट्टितेल आयात भएको सूचना अधिकारी हुमागाईँले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?