काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले राजनीतिक नेताहरूले आफ्नो वास्तविक स्वार्थ र चरित्र लुकाएर जनतालाई आकर्षित गर्ने प्रवृत्ति ‘क्यामोफ्लाज’ शैलीको रूपमा बढेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गर्दै चालिसेले भ्रष्टाचार र ठगीका आरोप लागेका नेताहरूले सुशासन र स्वच्छ राजनीति बारे भाषण दिन थालेको बताए ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै नेपालको राजनीतिक परिवेशमा यस्ता छलावरण प्रचलित भएको बताए ।
चालिसेले भने, ‘राजनीतिमा क्यामोफ्लाज भनेको सैनिक क्षेत्रमा जस्तो छलावरण हो । आफ्नो असली मुहार लुकाएर अरू रङ पोत्ने काम हुन्छ । केही पार्टी र नेताहरू यसमा अत्यन्त निपुण छन् ।’
‘झूट बोल्न सजिलो भए पनि झूट पत्याउने जनतालाई सत्य बुझाउन गाह्रो हुने हुँदा, नेताहरूले आफ्नो वास्तविक चरित्र लुकाउँदा देशको विकास र लोकतन्त्र कसरी बलियो हुन सक्छ ।, ‘उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया