काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले रोल्पा जिल्लाको इज्जत बचाउने काम गर्ने वाचा गरेका छन् ।
सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै उनले आफ्नो कार्यकालमा जिल्लाको पूर्वाधार विकासमा गरेका कामहरूबारे जानकारी दिए ।
उनले ७२ वटै वडामा सडक विस्तार, मदन भण्डारी लोकमार्ग र शहीद मार्ग निर्माणमा योगदान, विद्यालयमा आधुनिक भवन निर्माण, शैक्षिक गुणस्तर वृद्धि, अस्पताल, प्रशासनिक भवन, सिंचाइ, खानेपानी र विद्युतीकरणमा काम गरेको बताए ।
उनले आगामी दिनमा पनि रोल्पा जिल्लाको इज्जत बढाउने काम गर्ने प्रतिबद्धता जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया