देशका विभिन्न स्थानमा वर्षा

लोकपथ
0
Shares
सांकेतिक फाइल तस्बिर

काठमाडौं । लामो समयपछि देशका विभिन्न स्थानमा वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागले दिएको जानकारी अनुसार पूर्वी जिल्लाहरुसहित काठमाडौं लगायतका जिल्लाहरुमा वर्षा भएको हो ।

त्यसो त कतिपय स्थानमा मेघगर्जन समेत भएको छ ।

‘अहिले ताप्लेजुङ, संखुवासभा, धनकुटा, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौं, लमजुङ, कास्की, बागलुङ र जाजरकोटका केही ठाउँमा हल्का पानी परिरहेको छ । केही जिल्लाहरूमा चट्याङ समेत परेको छ,’ विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?