मानव अधिकार आयोगले भन्यो- चुनावमा शान्ति सुरक्षा मजबुत बनाउ

लोकपथ
28
Shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचनमा शान्ति सुरक्षालाई मजबुत बनाउन  आग्रह गरेका छ  । 

आयोगका सहसचिव एवं प्रवक्ता डा.टीकाराम पोखरेलले विज्ञप्ति निकालेर यस्तो आग्रह गरेका हुन् ।

आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैन । निर्वाचनको दिन नजिकिँदै गर्दा देशका विभिन्न भागहरूमा भइरहेका गतिविधि तथा घटना र त्यसले देशको शान्ति सुरक्षा र आसन्न निर्वाचनमा पार्न सक्ने प्रभावप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘पछिल्लोपटक दाङ लगायत विभिन्न जिल्लामा केही दलका कार्यकर्ताबीच सिर्जना भएको विवाद तथा रौतहट(पर्सा लगायत जिल्लामा विभिन्न समूह बिच भएका विवादका कारण निषेधाज्ञा समेत जारी गर्नुपर्ने अवस्था सिर्जना भएका घटनाहरूले निर्वाचनका साथै शान्ति सुरक्षामा थप चुनौती थपिएको देखिएको छ, ’विज्ञप्तिमा उल्लेख छ ।

राजनीतिक दलका नेता, उम्मेदवार तथा कार्यकर्ताहरूले एक अर्को दल, उम्मेदवार र नेताहरूप्रति व्यक्त गर्ने अमर्यादित तथा घृणायुक्त अभिव्यक्तिले शान्ति सुरक्षा र निर्वाचनको वातावरणमा समेत थप चुनौती सिर्जना हुन सक्ने आयोगले जनाएको छ ।

यसैगरी राजनीतिक दलहरू, उम्मेदवार तथा कार्यकर्ताहरूले निर्वाचन आचारसंहिता विपरीत चुनावको प्रचारप्रसार र राजनीतिक गतिविधिमा प्रत्यक्ष परोक्ष रूपमा बालबालिकाको प्रयोग गरेको भनेर पनि सरोकारवालाहरूको ध्यानाकर्षण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?