काठमाडौं । काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारमा तीनतले चीर ठड्याइएको छ । वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ मंगलबार (आज) तीनतले चीर ठड्याएपछि देशभर फागु (होली) पर्व सुरु भएको मान्ने गरिन्छ ।
शुभ साईतमा मानन्धर समुदायले रङ्गीचङ्गी ध्वजासहितको चीर ठड्याएर र एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका हुन् ।
आज पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर प्राङ्गणमा पनि रङ्गीचङ्गी कपडा झुन्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ । असत्यमाथि सत्यको जितको रुपमा चीर ठड्याइएको स्थानीहरु बताउँछन् ।
यस वर्षको होली पर्वको मुख्य दिन फागुन १८ र १९ गते परेको छ । १८ गते हिमाली तथा पहाडी जिल्लामा र १९ गते तराई जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया