हेटौँडा । मकवानपुरको बागमती–८ तल्लो भवानीस्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
प्र३–०२-००५ प १००८ नम्बरको मोटरसाइकल नालामा खसेर दुर्घटना हुँदा बकैया–८ शिखरपुरका ४० वर्षीय प्रेम बहादुर गोलेको सोमबार राति मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइँदा चिकित्सकले राति ९:५० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया