बस दुर्घटना अपडेट : मृतक दुई विदेशीसहित सबै शवको पहिचान खुल्यो

लोकपथ
777
Shares

काठमाडौं । आइतबार मध्यराति धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैसीगौडामा भएको बस दुर्घटनामा मृत्यु भएका सबैको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङले उक्त बस दुर्घटनामा मृत्यु भएका १९ जनामध्ये २ जना विदेशी नागरिक रहेका छन् । जसमा स्टेवार्थ डोमिनाइस इथन नामका २४ वर्षीय बेलायती नागरिक रहेको र ४० वर्षीया झाङ चाउनचाउन नामक चिनियाँ महिला रहेको र अन्य सबै नेपाली रहेको प्रहरीले जनाएको छ ।

आइतबार मध्यराति साढे १ बजे पोखराबाट काठमाडौं आउँदै गरेको ग.२ ख १४२१ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट २ सय मिटर त्रिशुली नदीमा खसेको थियो । उक्त बसमा ४४ जना रहेको र त्यसमध्ये २५ जना घाइतेको उपचार भइरहेको छ ।

यस्तो छ मृतकहरुको पहिचान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?