काठमाडौं । गृह मन्त्रालयले गएराति धादिङमा भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ ।
पोखराबाट काठमाडौं आउँदै गरेको ग२ख १४२१ नम्बरको बस आइतबार राति धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खस्दा १९ जनाको मृत्यु भएको थियो ।
दुर्घटनामा ठुलो जनधनको क्षति भएपछि आज सोमबार गृह मन्त्रालयमा बसेको गृहमन्त्री ओमप्रकाश अर्याल, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी महासंघ, तीनवटै सुरक्षा निकायका प्रमुखहरू र सरोकारवाला निकायहरूबीचको छलफलले छानबिन समिति बनाउने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया