काठमाडौं । नेकपा एमालेकी निवर्तमान सांसद सम्झना थपलिया राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी छन् ।
सोमबार सिरहाको गोलबजारमा आयोजित एक कार्यक्रममा थपलिया रास्वपा प्रवेश गरेकी हुन् ।
उनलाई रास्वपा समानुपातिक उम्मेदवार पुरुषोत्तम यादवले पार्टीमा स्वागत गरेका थिए ।
थपलिया ०७९ को निर्वाचनमा नेकपा एमालेबाट समानुपातिक उम्मेदवार बनेकी थिइन् ।
केही समयदेखि एमालेप्रति असन्तुष्ट रहेकी उनले पार्टी समेत छाडेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया