दमकको भ्यूटावर सञ्चालनमा ल्याउने बालेनको प्रतिबद्धता

लोकपथ
140
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं झापा–५ का उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ ले आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गरेका छन् ।

उनले विभिन्न ९ बुँदामा आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गरेका हुन् । जसअनुसार बालेनले झापा–५ मा यसअघि सुरु भएको तर काम सम्पन्न नभएका संरचनाहरुलाई सञ्चालनमा ल्याउने प्रतिबद्धता समेत गरेका छन् । झापा क्षेत्र नं ५ अन्तर्गत रहेको बहुचर्चित दमक भ्यूटावर समेत सञ्चालनमा ल्याउने बालेनको प्रतिबद्धता रहेको छ ।

‘दमक सभागृह र भ्यूटावर लगायतका योजनाहरु उच्चतम नागरिक उपयोगिता हुने गरी सञ्चालनमा ल्याइनेछ,’ बालेनको प्रतिबद्धतामा भनिएको छ ।

करोडौँको लगानीमा दमकमा भ्यूटावर बनाइए पनि उपयोग विहीन बनिरहेको छ ।

सोही क्षेत्रका उम्मेदवार समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले बनाएको दाबी गरिरहेको उक्त भ्यूटावरलाई बिजनेस कम्प्लेक्सका रुपमा प्रयोग गर्ने बताइरहेका छन् । यता बालेनले सोही भ्यूटावर सञ्चालनमा ल्याउने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?