बैतडीमा निर्वाचनमा खटिएका प्रहरीको मृत्यु

लोकपथ
0
Shares

बैतडी । प्रतिनिधिसभा निर्वाचनमा खटिएका एक जना नेपाल प्रहरीतर्फको निर्वाचन प्रहरीको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका-४ बबेत घर भएका ३८ वर्षीय महादेव वडाको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता सुरज सिंहले जानकारी दिए ।

प्रहरी प्रवक्ता सिंहका अनुसार आज दिउँसो खाना खान घर गएको समयमा घरमा अचेत अवस्थामा  भेटिएका महादेवलाई उपचारका लागि  जिल्ला अस्पताल बैतडीमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । 

सदरमुकाम नजिक घर भएका निर्वाचन प्रहरी घरबाटै ड्युटी गर्न आउँछन् । ड्युटी सकेर खाना खान घर गएका बेला महादेव अचेत अवस्थामा भेटिएका र उपचारको लागि जिल्ला अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

उनको शव परीक्षणका जिल्ला अस्पतालमा रहेको र भोलिमात्रै परीक्षणको काम हुने अस्पताल प्रशासनले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?