इटलीविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

लोकपथ
56
Shares

मुम्बई । आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाल र इटली आज भिड्दैछन् ।

इटलीका कप्तान ह्यारी मानेन्तीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन् । नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

नेपालले आजको खेलका लागि एक परिवर्तन गरेको छ । शेर मल्लको स्थानमा ललित राजवंशी टोलीमा समावेश भएका छन् ।

नेपालले पहिलो खेलमा इंग्ल्यान्डसँग हार बेहोरेको थियो भने इटली पनि पहिलो खेलमा स्कटल्यान्डसँग पराजित भएको थियो ।

खेलको नतिजा समूह चरणमा दुवै टोलीका लागि महत्त्वपूर्ण हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?