काठमाडौं । काठमाडौबाट ओखलढुंगाको लागि छुटेको बस रामेछापको मन्थली नगरपालिका–६ त्रिवेणी घाटस्थित तामाकोशी नदिमा दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
दुर्घटनमा परी ६ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने ५ जनाको घाईते अवस्थामा उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको यात्रुवाहक बस मंगलबार बिहान करिब पौने ११ बजे झण्डै २० मिटर तल तामाकोशी नदिमा खसेर दुर्घटना भएको हो ।
दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल गुल्म रामेछाप र विपद् व्यवस्थाप बेश खुर्कोटबाट गोताखोरसहितको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोली उद्धार कार्यमा खटिएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा २ जना पुरुष र ४ जना महिला रहेका छन् भने उद्धार गरिएका ५ जनालाई उपचारको लागि जिल्ला अस्पताल खुर्कोटतर्फ पठाईएको छ । यात्रुवाहक बसमा कति जना सवार थिए भने खुल्न सकेको छैन । उद्दार कार्य जारी रहेको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार उद्दारको लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यस्थापन बेश खुर्कोट सिन्धुली बाट १० जना गोताखोर परिचालन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया