काठमाडौं । ताप्लेजुङको कञ्चनजंघा आसपास क्षेत्रमा भूकम्प गएको छ । आज बिहान २ बजेर ४७ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता ४ म्याग्निच्युड मापन गरिएको छ । भूकम्पको केन्द्रबिन्दु नेपाल–भारत सीमा क्षेत्र नजिकै रहेको केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का ताप्लेजुङसहित पूर्वी नेपालका विभिन्न जिल्लामा महसुस गरिएको थियो । हालसम्म भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको सम्बन्धित निकायले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया