फागुन १ गते ज्ञानेन्द्र काठमाडौं फर्किँदै, विमानस्थल भव्य स्वागत गर्ने राप्रपाको तयारी

लोकपथ
77
Shares
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वराजा ज्ञानेन्द्र शाह फागुन १ गते झापाबाट काठमाडौं फर्किँदैछन् । पारिवारिक भेटघाटका लागि ज्ञानेन्द्र झापामा रहेका छन् ।

राप्रपाले ज्ञानेन्द्रलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी गरेको हो ।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले ज्ञानेन्द्रलाई विमानस्थलमा स्वागतका लागि उपस्थित हुन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै निषेधको राजनीतिको अन्त्यका लागि राजासमर्थक शक्तिहरु एक ठाउँमा उभिन समेत आग्रह गरेका छन् ।

‘निषेधको राजनीतिको अन्त्यका लागि देशभक्त, राष्ट्रवादी शक्तिहरु एकजुट बनौँ,’ उनले भनेका छन् ।

यता राप्रपाका वरिष्ठ नेता रविन्द्र मिश्रले पनि सामाजिक सञ्जालमा लेख्दै ज्ञानेन्द्रलाई भव्य रुपमा स्वागत गर्न आह्वान गरेका छन् । उनले पूराना राजनीतिक दलहरुलाई राजसंस्था चाहिने रहेछ भन्ने महसुस हुन लागेको समेत दाबी गरेका छन् ।

‘राजस्थावादी आम सर्वसाधारण त उपस्थित हुने नै छन्। तर फागुन १ गते उपत्यका वरिपरी र अझ सकिन्छ भने देशभरीका राप्रपा र अन्य राजसंस्थावादी समूहका साथीहरू सबै एकदिनका लागि काठमाडौं उपस्थित भइदिए, स्वागत ऐतिहासिक हुने थियो,’ उनले भनेका छन् ।

यता राप्रपाका महामन्त्री डा. धवलशमशेर राणाले समेत ज्ञानेन्द्रको स्वागतका लागि उपस्थित हुन आह्वान गरेका छन् ।

त्यसो त गत वर्षको फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किँदा राप्रपा लगायत राजावादी शक्तिहरुले भव्य स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?