काठमाडौं । बुढानिलकण्ठस्थित मण्डिखाटारमा रहेको हेम्स अस्पतालको महिला शौचालयमा सुनको औठी भेटिएको छ ।
हेम्स अस्पतालका कर्मचारीले शौचालयमा रातो रङको थैली फेला पारेका थिए । उक्त थैली बिरामी वा बिरामीका आफन्त कसैको पनि नरहेको भन्दै बताएपछि प्रहरीसम्म कुरा पुगेको थियो ।
उक्त रातो थैलोमा एउटा सुनको बेरुवा औँठी फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । यो समाचार तयार पार्दासम्म कसैले पनि आफ्नो दाबी गर्न नआएको परिसरले जनाएको छ । साथै उक्त औँठी आफ्नो वा कोही कसैको रहेको थाहा पाएमा प्रमाणसहित खबर गरी लिन प्रहरी बृत्त महाराजगञ्ञमा सम्पर्क गर्न समेत भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया